यस्तो छ आजको विनिमय दर

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथली बस्ने ४७ वर्षीय बिष्णु बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोवाटो ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट नगद १ लाख ६९ हजार २५ रूपैयाँ र ५८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : ०० बजे