आज वर्षाको सम्भावना

पोखरामा ९ मत खोज्दै पुनः मतगणनाको मागसहित एमालेले दियो निवेदन

पोखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । 

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको बताउनुभएको छ ।  ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भन्नुभयो, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उहाँले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताउनुभयो । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत ल्याउनुभएको थियो । 

मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । 
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १ : ०७ बजे