आज वर्षाको सम्भावना

पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

कलैया। पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई  निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गर्नुभयो । 

उपप्रमुखमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकै  सगुफा खातुन चार हजार १६३ मतमा सीमित हुनुभयो  । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखामा  र ईन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ५५ बजे