आज वर्षाको सम्भावना

मन्त्रिपरिषद्‌बाट नीति तथा कार्यक्रम पारित, आजै संसद्मा पेस गरिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित गरेको छ ।

सरकारले मन्त्रिपरिषद् बैठकबाट पारित गरेको नीति तथा कार्यक्रमलाई आज दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्मा पेस गर्ने तयारी गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्नु हुनेछ । संवैधानिक व्यवस्था अनुसार जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने छ ।

नीति तथा कार्यक्रममा नयाँ उद्योग स्थापना र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित रहेको बताइएको छ । आधुनिक कृषि र स्वदेशी वस्तु उत्पादन वृद्धिलगायतका विषय पनि यसमा समेटिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : ४१ बजे