दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कञ्चनपुर। बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गर्नुभएको हो । सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताउनुभयो ।

चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारुकताका साथ अगाडि बढाइने बताउनुभयो । “पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिन्छौँ उहाँले भन्नुभयो, “नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्छौ ।” 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १२ : १९ बजे