सिराहा । सिराहाको गोलबजार नगरपालिका–६ लभटोलीमा हिजो साँझ ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय १६ वर्षीय रामरिजन सदाय रहनुभएको छ ।
ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा गोलबजार स्थित लौङ लाईफ अस्पतालमा मृत्यु भएको हो ।
प्रदेश २–०१–००१ त ०६७५ नम्बरको ट्याक्टरमा सवार सदाय हिजो साँझ ५ बजे ट्रयाक्टरबाट खस्नुभएको हो ।
ट्रयाक्टर सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार १२ : ०९ बजे
प्रतिक्रिया