आज वर्षाको सम्भावना

काठमाडौं महानगरपालिकामा डेढ लाख मतगणना हुँदा बालेनले कटाए ५० हजार

काठमाडौं – काठमाडौं महानगरपालिकामा १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५० हजार ६१ मत प्राप्त गरिसकेका छन् । 

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार २९३ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १८ हजार ७६८ बढी मत प्राप्त गरेका छन् । 

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार २९३ मत प्राप्त गरेका छन् । यस्तै अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ८ हजार ८३० मत ल्याएका छन् । 

आयोगका अनुसार अब काठमाडौं महानगरपालिकामा ४० हजार १५५ मत गणना गर्न बाँकी रहेको छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो । 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ५८ बजे