आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

वीरगञ्ज महानगरको प्रमुखमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी

काठमाडौं । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  

प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २ सय १५ मतप्राप्त गरी  विजयी बनेका हुन् । आफ्ना  निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५ सय ४४ मतान्तरले पराजित गर्दै सिंह  मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा  गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १ सय ५८ मतसहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  पुरुषोत्तमलाल झाले छ हजार ७ सय १९ मत प्राप्त गरे ।

निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न बाँकी छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  १० : ३८ बजे