राष्ट्रपति भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने

काठमाडाैं – ​​​​​​​राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुका साथै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभएको छ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने समय निर्धारण गरिएको छ । नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि चुनावका कारण केही ढिलाइ भएकाे सरकारी दाबी छ ।

 नीति तथा कार्यक्रमलाई आधार मानेर सरकारले नयाँ बजेट प्रस्तुत गर्ने गर्छ ।

अर्थ मन्त्रालय अहिले बजेटको अन्तिम तयारीमा छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ७ : २४ बजे