आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

वीरगञ्जमा सिंहको अग्रता कायमै

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटत्तम प्रतिद्वन्द्वी भन्दा १९ हजार ७१५ मतान्तरले अग्रता लिनुभएको छ  ।
    
    गठबन्धनका उम्मेदवार सिंहले ४० हजार १७२ मतसहित अग्रता कायमै राख्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले २० हजार ४५७ मत प्राप्त गर्नुभएको छ ।  

    महानगरपालिकामा हालसम्म ३२ मध्ये २० वडाको मात्र मतगणना भएको छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पनि चुनावी तालमेल भएको थियो ।   
 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : २९ बजे