काठमाडौं – पेट्रोलियम पदार्थमा गठबन्धन सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।
आज दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो ।
नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ६ : ३१ बजे
प्रतिक्रिया