यस्तो छ आजको विनिमय दर

पाण्डेविरुद्ध तेस्रो पीडितले मङ्गलवार जाहेरी दिने

काठमाडौँ –  कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेबाट यौन हिंसामा परेको भन्दै तेस्रो पीडित प्रहरी समक्ष पुगेकी छिन् ।

मनोज पाण्डेले यौन शोषण गरेको भन्दै यसअघि दुई जनाले जाहेरी नै दिइसकेका छन् भने एक जनाले भोलि मङ्गलवार प्रहरी समक्ष जाहेरी दिने भएकी छिन्। 

तेस्रो पीडितले आज प्रहरीको सम्पर्कमा आएर सल्लाह गरेर गएकी छिन् । प्रहरीसँगको छलफलपछि उनीले मङ्गलवार जाहेरी दिने भन्दै फर्किएकी छिन् । 

जिल्ला अदालत, काठमाडौँले पाण्डेलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपाल प्रहरीले पाण्डेलाई शनिवार काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो। 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ५ : २४ बजे