मकवानपुर । प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ ।
थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १ : २५ बजे
प्रतिक्रिया