आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भरतपुरमा दाहालको दश हजार बढीको अग्रता

चितवन। भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिनुभएको छ । 

उहाँले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गर्नुभएको छ । महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ । 

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ ।  
 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : ०६ बजे