आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्रका साह र उपप्रमुखमा एमालेका डङ्गोलको अग्रता कायमै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । 

जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याउनुभएको छ भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गोलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।  उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाउनुभएको छ । 

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०,  २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । 

कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।  

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १० : ०७ बजे