आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

झापाको कमल गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

दमक । झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार हुकुमसिंह राईले १२ हजार ८६८ मत ल्याई विजयी हुनुभएको छ । 

उहाँको प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत प्राप्त गर्नुभयो । 

नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा  निवर्तमान  पालिका अध्यक्ष मेनुका काफ्लेसँग गोला प्रथाबाट पराजित हुनुभएको थियो ।  

कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।  उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पर्शुराम सुवेदीले आठ हजार ३७१ मत प्राप्त गर्नुभएको थियो ।

सात वटा वडा रहेको कमलमा १ मा काँग्रेसका केदार कटुवाल, २ मा नेकपा ९एकीकृत समाजवादी०का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र वडा नं ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो । ३७ हजार ९५० मतदातामध्ये निर्वाचनमा भने २६ हजार २४२ मत खसेको थियो ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : ०७ बजे