आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता 

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन् ।

हालसम्म एक लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी नेकपा(एमाले)का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका आचार्यले तीन हजार ८५३ मतान्तरसहित अग्रता हासिल गर्नुभएको हो । 

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि हुनुहुन्छ भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उहाँलाई पछ्याउनुभएको छ ।

महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वटा वडा रहेको पोखराका १८ वडामा  काँग्रेस विजय भएको छ भने सात वटा वडामा एमाले विजय भएको छ । 

महानगरको वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ । 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ५३ बजे