हालसम्म ७ सय २६ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ७ सय २६ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय २० नेकपा एमालेले १ सय ९७, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी २१, नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५९, स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ९३, नेकपा एमालेले २ सय २५, नेकपा माओवादी केन्द्रले १ सय २८, जनता समाजवादी पार्टी ३० र अन्यले ४९ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय ९६,  नेकपा एमाले २ हजार ७२, नेकपा माओवादी केन्द्र १ हजार ४१, जनता समाजवादी पार्टी २ सय ८२ र अन्य ५ सय ६९ गरी ६ हजार ५ सय ६० जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ७ : ३२ बजे