यस्तो छ आजको विनिमय दर

पाण्डेविरुद्ध प्रहरी सम्पर्कमा पुगेकी दोस्रो पीडित अहिले पनि नाबालिग

काठमाडौं । कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डेबाट यौन हिंसामा परेको भन्दै सम्पर्कमा आएकी दोस्री पीडित अहिले पनि नाबालिग भएको तथ्य खुलेको छ । अझै १८ वर्ष मुनिको भएकाले उनको मुद्दामा हदम्याद आकर्षित हुँदैन ।

एउटा सौन्दर्य प्रतियोगिताकी प्रतियोगीलाई ८ वर्ष अघि यौन शोषण गरेको आरोपमा पाण्डेलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । त्यस लगत्तै यी किशोरी पनि पाण्डेबाट पीडित भएको भन्दै प्रहरी सम्पर्कमा आइपुगेकी हुन् । 
हिजो फेसबुक मार्फत प्रहरीको सम्पर्कमा पुगेकी किशोरी आज आफ्नो एक जना साथी लिएर काठमाडौं प्रहरी परिसर पुगेकी थिइन् ।  त्यहाँ उनले पाण्डेले आफु माथि गरेको शोषणका विषयमा मौखिक कुराकानी गरेकी थिइन् । प्रहरीले त्यसपछि उनलाई महिला सेल पठाइएको थियो । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ४२ बजे