दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

शब्द वाणले घोचेको घाउमा ‘फर्गेट एस्टर्डे’ लागू हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शब्द वाणले घोचेको घाउमा ‘फर्गेट एस्टर्डे’ लागू नहुने बताउनुभएको छ । 

राजधानीमा आयोजीत मीना श्रेष्ठको कविताकृति ‘फर्गेट स्टडे’ लोकार्पण समारोहमा बोल्नुहुँदै अध्यक्ष ओलीले भालाले भन्दा साह्रो शब्दले घोच्ने भन्दै शब्द वाणले घोचेको घाउमा फर्गेट एस्टर्डे लागू नहुने बताउनुभयो । 

उहाँले भने,‘शब्द आफैंमा तागत हुँदैन। प्रस्तुती कस्तो हुन्छ ? त्यसको प्रयोग कस्तो हून्छ ? शब्द वाण पनि हुन्छ, शब्द मलम पनि हुन्छ। शब्द वाण मात्रै होइन अग्नि वाणपनि हून्छ। भालाले भन्दा साह्रो शब्दले घोच्छ। भाला तिखो छ भने उपचार गर्दा निको होला शब्द वाणले घोंचेको कहिलै नीको हुँदैन। अरु कुराका लागि लागू होला शब्द वाणले घोचेको घाउमा फर्गेट एस्टर्डे लागू हुँदैन। शब्द मन्त्र हो। शब्द ज्ञान हो। शब्द संकेत हो। शब्द इशारा हो। शब्द विग्रह, घिर्ना हो। ’

फरक प्रशंगमा  बोल्नुहूँदै   अध्यक्ष ओलीले आफ्नो सरकारको पालामा बनाइएका भ्यु टावर इतिहास भएको बताउनु भयो  ।

ओलीले भ्यु टावरको विरोध गर्नेहरुले इतिहास बिर्सेको टिप्पणी गर्नुभयो । उहाँले ‘इफेल टावर र वासिङटन टावर’ बनाउनेहरु बुद्धि नभएकै हुन् त भनेर आलोचकहरुलाई प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा पार्टीले आफ्नो घोषणापत्रमै भन्यो– भ्युटावर बनाउँदिन, भ्युटावर बनाउने काम छैन । इफेल भन्ने इन्जिनियर जसले इफेल टावर बनाए । बुद्धि नभएका रहेछन् कि क्या हो ?’

उहाँले इफेल टावर फ्रान्सको प्रतिक भएको भन्दै जसले फ्रान्सलाई अरबौको आम्दानी दिएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘त्यो भ्युटावर भन्दा अरु केही होइन, टुप्पामा धान फल्दैन । कोदो पनि फल्दैन, अलिक तल मकै फल्दैन । आँप लिची पनि फल्दैन, पैसा मात्रै फल्छ भ्यु टावरमा ।’

अध्यक्ष ओलीले टावरहरूमा इतिहास र हाम्रो उचाई हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘इतिहास, ऐतिहासिक धरहरा, धरोहर, हाम्रो उचाई । थुप्रै कुराहरु त्यसभित्र हुने गर्छन् ।’

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : १४ बजे