दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता

चितवन । चितवन भरतपुर महानगरपालिकामा ९८ हजार ६ मत गणना गरिएको छ । पछिल्लो विवरणअनुसार प्रमुख पदमा पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार ४९४ मतको फराकिलो मतान्तर कायम गर्नुभएको छ । 

रेनुने अहिलेसम्म ३८ हजार ६५५ मत पाउनुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार १६१ मत पाउनुभएको छ । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १२ हजार ६४१ मत ल्याउनुभएको छ । 

यस्तै, उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार ९०० मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका हिमला गुरुङले २३ हजार ८७३ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ६ : ०० बजे