दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

रुपनी गाउँपालिकामा लोसपा विजयी

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष लोकतान्त्रिक समाजवादी पार्टी लोसपा विजय भएको छ ।

अध्यक्षमा दिनेशकुमार यादव र उपाध्यक्षमा पुष्पाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो । 

यादवले ४ हजार २ सय ६९ मत प्राप्त गरी निर्वाचित हुँदा जनता समाजवादी पार्टी जसपाका हरेराम यादवले ३ हजार ८ सय ३५ मत प्राप्त गर्नुभयो । हरेराम निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । 

उपाध्यक्षमा निर्वाचित लोसपाकी श्रेष्ठले ३ हजार ७ सय १० मत प्राप्त गर्दा जनता समाजवादी पार्टी जसपाकी बेचनीदेवी सरदारले ३ हजार ६ सय ५४ मत प्राप्त गर्नुभयो । सरदार निवर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : २६ बजे