दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

एमाले छाडेर समाजवादी रोजेका मकवानपुरका दुई अध्यक्षको धरौटी जफत

हेटौँडा । एमाले विभाजनसँगै स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेबाट विजयी भएका मकवानपुरका दुई वटा गाउँपालिका अध्यक्षले यो पटकको निर्वाचनमा लज्जास्पद हार बेहोर्नुभएको छ । 

मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोर्नुभएको हो । 

कैलाशका टंक मोक्तानले यो पटक १ सय २० मत मात्र ल्याएपछि उहाँको धरौटी जफत भएको छ । उहाँले स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय २ मत ल्याउँदै एमालेबाट विजयी हुनुभएको थियो । 

यसै गरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा पनि निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाले ४ सय ७९ ल्याउनुभएको छ । गत स्थानीय तहको निर्वाचनमा लामाले ३ हजार २ सय ४ मत ल्याएर एमालेबाट विजयी हुनुभएको थियो । 

इन्द्र सरोबर गाउँपालिकाको अध्यक्ष नेकपा एसलाई दिने सहमति भए पनि यहाँ स्थानीय स्तरमा कांग्रेस–माओवादी मिलेर निर्वाचनमा होमिएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : १३ बजे