दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य 

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका जनता समाजवादी पार्टी जसपाका सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उहाँको पार्टी शून्य भएको छ ।

११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिनुभएको थियो । 

२८ वैशाखअघि उहाँले ट्‍वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहनुहुन्थ्यो। 

गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्‍गो प्रदेशमै पार्टीलाई शून्यमा पार्नुभयो । 

गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उहाँकै पूर्ववर्ती पार्टी नेकपा माओवादी केन्द्रले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो ।

कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गर्नुभएका उहाँको पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।

भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएको छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहनुभयो । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ ।  जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ४ : ४६ बजे