दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा  नेकपा एमाले विजय भएको छ । एमालेबाट प्रमुखमा उम्मेदवारी दिनुभएका रामलखन मलाह र  उपप्रमुखमा उम्मेदवारी दिनुभएकी मीराकुमारी यादव विजयी हुनुभएको हो । 

मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गर्नुभयो । 
उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय हुनुभयो।

उहाँका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गर्नुभयो । 
 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ४ : ३४ बजे