दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

गण्डकीमा एमाले र कांग्रेस बराबरीमा

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व दल नेपाली कांग्रेस र नेकपा एमालेले गण्डकी प्रदेशमा समान ३५ स्थानीय तहमा निर्वाचन जितेका छन् । प्रदेश १, मधेस, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो बन्दा गण्डकीमा भने पहिलो हुनबाट कांग्रेसलाई एमालेले रोकेको हो । 

११ जिल्ला रहेको गण्डकीको गोरखामा एमाले ‘क्लिन स्विप’ हुँदा पनि कांग्रेसलाई बराबरीमा एमालेले रोक्न सफल भएको छ । उसो त यो प्रदेशमै घर भएका रामचन्द्र पौडेल कांग्रेस वरिष्ठ नेता र धनराज गुरुङ उपसभापति हुनुहुन्छ। अन्य प्रभावशाली नेताहरू पनि थुप्रै छन् ।

पौडेल गठबन्धन दलहरूबीच स्थानीय तह निर्वाचनमा तालमेल तथा अनुगमन गर्न गठित संयन्त्रका संयोजक हुनुहुन्छ। गुरुङ पार्टीको ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ संयोजक हुनुहुन्छ । दुवै नेताले निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी पाउनुभयो। 

तर, यी महत्वपूर्ण नेता पनि रहेका गण्डकीमा कांग्रेससँग एमाले बराबरी हैसियतमा आएको हो । 

निर्वाचन आयोगले जनाएअनुसार कांग्रेसले गोरखामा २, मनाङमा २, लम्जुङमा ४, कास्कीमा २, तनहुँमा ४, स्याङ्जामा ५, नवलपरासी बर्दघाट पूर्वमा २, मुस्ताङमा १, म्याग्दीमा २, बाग्लुङमा सर्वाधिक ६ र पर्वतमा ५ स्थानीय तहमा कांग्रेस उम्मेवदारहरू निर्वाचित भएका हुन् ।

एमालेले सर्वाधिक मनाङको २, लम्जुङको ४, कास्कीको २, तनहुँको ४,स्याङ्जाको ६, नवलपरासी बर्दघाटको ६, मुस्ताङको ४, म्याग्दीको ४, बाग्लुङको १ र पर्वतको २ स्थानीय तह एमालेले जितेको हो । 

माओवादीले भने गोरखामा ९,  तनहुँमा १ र बाग्लुङमा १ गरी स्थानीय तह जितेको आयोगले जनाएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने कास्कीको पोखरा महानगरपालिकामा जित्ने देखिएको छ । तर, जनता समाजवादी पार्टी जसपा भने यो प्रदेशमा शून्य भएको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ४ : २९ बजे