दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

अमेरिकी उपमन्त्री प्रहरीको स्कर्टिङमा तिब्बती शरणार्थी शिविर पुगेकोमा नेता रावलको आपत्ति

​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा​​​​​​​. भीमबहादुर रावलले नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्रीले तिब्बती शरणार्थी शिविर भ्रमण गरेकोमा आपत्ति जनाउनुभएको छ ।

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री उज्रा जियाले नेपाल प्रहरीको स्कर्टिङमा तिब्बती शरणार्थी शिविर भ्रमण गरेकोमा नेता रावलले कडा आपत्ति जनाउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरबाट ट्विट गर्दै नेता रावलले के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठ जोड सरकार ? भन्दै कडा प्रश्न समेत गर्नुभएको छ । उहाँले सरकारको यो कदम गलत रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको स्कर्टिङमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जिया दूतावासका उपप्रमुखसहित जाउलाखेल, तिब्बती शरणार्थी शिविर पुगेकी छन् ! एमसीसी सम्झौता अनुमोदन पछि पहिलो हस्तक्षेपकारी कार्य । के नेपालको असंलग्न स्वतन्त्र परराष्ट्र नीति समाप्त भएको हो, गठ जोड सरकार ?’

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ३ : ४७ बजे