दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै थापा 

पोखरा । पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहनुभएको छ । 

४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहनुभएका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहनुभएको छ । 

मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाउनुभएको छ । 

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपीला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहनुभएको छ । राप्रपाकी रन्जना सेनले ४ हजार ६२९ मत पाउनुभएको छ । 
 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १ : ५४ बजे