दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

काग्रेंसभन्दा कम भोट आएपछि न्यौपानेले छाडे माओवादी

हेटौंडा । हेटौंडाका नेता तथा वडा नम्बर १० का वडाध्यक्ष उम्मेदवार सन्तोष न्यौपानेले माओवादी केन्द्र परित्याग गर्नुभएको छ ।

वडाध्यक्षको मतगणनामा आफु तेस्रो भएपछि न्यौपानले पार्टी परित्याग गर्नुभएको हो । न्यौपानेले वडामा नेपाली कांग्रेसभन्दा एक मत मात्र कम भए राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको थियो । वडा नम्बर १० मा उहाँले ३ सय ७६ मत कम ल्याउनुभयो ।

उहाँले ३ सय ८ मत ल्याउँदा कांग्रेस उम्मेदवारले ६ सय ८४ मत ल्याउनुभएको थियो । वडा नम्बर १० मा नेकपा एमालेका फुर्वादोर्जे लामा ९ सय ७२ मतसहित वडाध्यक्षमा विजयी हुनुभएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १ : ४६ बजे