दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

‘कान्छो जिल्ला’ को ८ स्थानीय तह मध्ये ६ वटामा एमाले विजयी

नवलपुर- कान्छो जिल्लाको रुपमा चिनिएको नवलपुरमा एमालेले दुई तिहाइ स्थानीय तहमा विजयी हासिल गरेको छ । जिल्लाका ८ वटा स्थानीय तह मध्ये ५ वटामा प्रमुख उपप्रमुख नै एमाले एउटामा प्रमुख मात्र गरेर ६ वटा पालिकामा विजयी हासिल गरेको छ ।

एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तिलक महतका अनुसार देवचुली नगरपालिकामा एमालेका तर्फबाट मेयर हरी नेउपाने र उपमेयर पार्वता तिवारी विजयी हुनुभएको छ । सदरमुकाममा रहेको कावासोती नगरपालिकामा मेयर बिष्णु प्रसाद भुसाल र उपमेयर फूल कुमारी थनेत विजयी हुनुभएको छ ।मध्यविन्दु नगरपालिकामा मेयर भीमलाल अधिकारी र उपमेयर पूर्ण कुमारी चौधरी निर्वाचित हुनुभएको छ । त्यस्तै विनयीत्रिवेणी गाउँपालिकामा अध्यक्ष घनश्याम गीरी र उपाध्यक्ष भगवती बैदार निर्वाचित हुनुभएको छ । बौदीकाली गाउँपालिकाको अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा दिलकुमारी सारु निर्वाचित हुनुभएको छ ।बुलिंगटार गाउँपालिकामा अध्यक्ष एमालेका दिपेन्द्र सुनारी मगर र उपाध्यक्ष काँग्रेसबाट दिलमाया राना मगर निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसको तर्फबाट गैंडाकोटको मेयरमा मदनभक्त अधिकारी र उपमेयरमा शान्ती कोइराला निर्वाचित हुनुभएको छ । यस्तै हुप्सीकोट गाउँपालिकामा अध्यक्षमा लक्ष्मीदेवी पाण्डे र उपाध्यक्षमा पूर्ण सिं राना विजयी हुनुभएको छ ।

जिल्लामा ९२ वटा वडा रहेकोमा एमालेले ४८ वटामा जित हासिल गरेको छ ।

राज्य पुनसंरचनाका क्रममा नवलपरासी जिल्लाबाट बर्दघाट सुस्तापूर्वको भूगोललाई अलग्गै जिल्ला बनाइएको थियो । २०७२ मा नयाँ जिल्लाको अस्तित्व पाएकोले नवलपुरलाई कान्छो जिल्लाको रुपमा पनि चिनिन्छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १ : ०० बजे