दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कैलालीमा ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु 

कैलाली । कैलालिको गौरीगंगा  नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते हुनुभएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया  सबिता कँडेल रहनुभएको छ । 

घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ । 

आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा  से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले  सुदुर पश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । 

दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : २० बजे