पराजित भएपछि नेकपा एसका कार्यकर्ताले एमाले नेता कुटे

इटहरी – इटहरीको उपमेयरमा पराजित भएपछि नेकपा एसका कार्यकर्ताले एमाले नेतालाई कुटपिट गरेका छन् ।

नेकपा एसबाट उपमेयरका प्रतिस्पर्धा गरेका केशवकुमार विष्टका छोरा कैलाश विष्टको नेतृत्वमा तीन जनाको समूहले नेकपा एमालेका नेता प्रदेश नम्बर १ कमिटीका सदस्य हिमाल सुवेदीलाई कुटपिट गरेका हुन् ।

आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक छेउमा आक्रमण गरेका हुन्। सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण सन्देश पठाएका थिए । सुवेदीको आँखामा गहिरो चोट लागेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : १९ बजे