दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लैजानुभएको छ ।  

गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेन शाहले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लैजानुभएको हो । 

निर्वाचन आयोगका अनुसार बालेन शाहले हालसम्म ३९ हजार ५१५ मत प्राप्त गर्नुभएको छ। उहाँको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गर्नुभएको छ । 

मेयरमा कांग्रेस उम्मेदवार सिर्जन सिंहकोभन्दा बालेनले १७ हजार २४५ बढी मत प्राप्त गरिसक्नुभएको छ । 

एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा रहनुभएको छ । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गर्नुभएको छ । स्थापितकोभन्दा बालेनले १७ हजार ७४० बढी मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १२ : १३ बजे