आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इटहरीमा एमाले नेता हिमाल सुबेदीमाथि आक्रमण 

काठमाडौँ । सुनसरीको इटहरीमा नेकपा एमालेका नेता हिमाल सुबेदीमाथि आक्रमण भएको छ। 

एमालेका प्रदेश सचिवालय सदस्य तथा इटहरी उपमहानगर निर्वाचन परिचालन कमिटीको सह-संयोजक सुवेदीलाई इटहरी उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले आक्रमण गरेका हुन।

नेता हिमाल सुबेदीका अनुसार गठबन्धनका उपमेयर उम्मेदवार केशव विष्टका छोरासहित ३ जनाको समूहले आक्रमण गरेका छन् ।  सुवेदीको आँखामा चोट लागेको छ। 

हातपातको विरोधमा एमाले कार्यकर्ताले सत्य तथ्य छानबिन गरेर दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दे इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिँदै सडक अवरुद्ध गरेका छन् । 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  १० : ३७ बजे