आन्तरिक हवाई उडानमा अत्यधिक चाप

इटहरी उपमहानगरपालिका मेयरमा कांग्रेसका र उपमेयरमा एमाले बिजयी

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित हुनुभएको छ । उहाँ एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गर्दै मेयर बन्नुभएको हो ।

पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाउनुभयो। राप्रपाको आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाउनुभयो ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी हुनुभएको छ  । 

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित हुनुभएको हो । चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाउनुभयो । ‍

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ११ बजे