आन्तरिक हवाई उडानमा अत्यधिक चाप

गठबन्धनलाई हराउँदै धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका हमाल र उपमेयरमा एमाले विजयी

धनगढी । कैलालीको धनगढीमा रहेको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ  ।

आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बन्नुभएको हो ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहनुभएका वडले १४ हजार १४६ मत पाउनुभयो ।

उपमेयरमा गठबन्धनकालाई हराउँदै एमालेकी कन्दकलाकुमारी राना विजयी हुनुभएको छ  । गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई हराउँदै राना उपमेयर बन्नुभएको हो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ८ : ०४ बजे