हालसम्म ६ सय ९६ पालिकाको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ९६ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय ८, नेकपा एमालेले १ सय ८८ नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी १९ , नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५२ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ८१, नेकपा एमालेले २ सय १४, नेकपा माओवादी केन्द्रले १ सय २५, जनता समाजवादी २९ र अन्यले ४७ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय ५४, नेकपा एमाले २ हजार ३६, नेकपा माओवादी केन्द्र १ हजार २७, जनता समाजवादी पार्टी २ सय ६७ र अन्य ५ सय ५६ गरी ६ हजार ४ सय १४ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : ४२ बजे