आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बिहानै तीन प्रदेशमा वर्षा, दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ ।

दिउँसो देशभर आंशिकदेखि  सामान्य बदली  रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ  र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार केही  स्थानहरूमा र मेघ गर्जन र चट्याङ र  हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ जेठ ८ गते (आइतबार)
दिउँसो :
देशभर आंशिकदेखि  सामान्य बदली  रहनेछ। लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका  बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ ९ गते (सोमबार)
दिउँसो :
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा र मेघ गर्जन / चट्याङ  र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १० गते (मङ्गलवार)
दिउँसो :
प्रदेश नं १, मधेस प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश नं १, मधेस प्रदेश, लुम्बिनी प्रदेशका केही  स्थानहरूमा मेघ गर्जन / चट्याङ  र  हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ७ : १७ बजे