दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना : चार जनाको मृत्यु

हेटौंडा – मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

शनिबार साँझ भएको गाडि दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको काठमाडौं र तीन जनाको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।  

उनीहरूको अहिलेसम्म पहिचान खुलेको छैन । हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना४च २३१५ नम्बरको डिआई गाडी शनिबार साँझ ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा पुलको बारमा ठोक्किँएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ४५ बजे