काठमाडौं । नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्नुभएको छ ।
राष्ट्रियसभा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा उक्लिनुभएको हो । सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुग्नुभएको छ ।
पहिलो स्थानमा रहेका बालेन शाह धेरै अगाडि हुनुहुन्छ । लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ६ : ४० बजे
प्रतिक्रिया