दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मकवानपुरको मनहरीमा कार दुर्घटना

हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना भएको छ । दुर्घटनामा हेटौंडा–९ का योग्यराज सापकोटा गम्भीर घाइते हुनुभएको छ । 

शनिबार बिहान मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको सापकोटा सवार प्रदेश–३–०१ ०२४ च २९३१ नम्बरको कार रोकिराखेको ट्यांकरसँग ठक्कर खाएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त कारमा सापकोटासहित उहाँकी श्रीमती, उहाँका दुईजना बच्चा रहेको र सबै घाइते भएको जनाइएको छ । 

घाइते ४ जनालाई उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज लगिएको जनाइएको छ । सापकोटाको र उनकी श्रीमतीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  १२ : ०० बजे