दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

सूर्योदयमा समाजवादीका राई र उपप्रमुखमा काँग्रेसका बराल निर्वाचित

मङ्गलबारे । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रणबहादुर राई (आरबी) विजयी हुनुभएको छ । 

उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । 

काजीमानले १० हजार ५७९ मत ल्याउनुभएको छ । राईले १२ हजार ४३१ मत पाउनुभएको छ । उहाँ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । राई यस अघिसमेत यस नगरपालिकाको प्रमुखमा हुनुहुन्थ्यो । 

उपप्रमुख पदमा पनि गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी बन्नुभएको छ । उहाँ ११ हजार ८५४ मतसहित विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याउनुभएको छ । भट्टराई निवर्तमान नगर उपप्रमुखसमेत हुनुहुन्छ । 

१४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह हो । यस पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ०१ बजे