घट्दै डेङ्गु सङ्क्रमण

आज फाल्गुनन्द जयन्ती

आज देशभरको मौसम सफा रहने

सिसडोलबासी र काठमाडौं महानगरबीचको वार्ता असफल

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर मैला बिसर्जनमा नुवाकोटको ओखरपौवा स्थित सिसडोल क्षेत्रका स्थानीयले गर्दै आएको अवरोध नहट्ने भएको छ।

सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच भएको वार्ता असफल भएपछि सिसडोल ल्याण्डफिल्ड क्षेत्रका स्थानीयले फोहोर बिसर्जनमा गर्दै आएको अवरोधलाई कायमै राख्ने भएका हुन्। सिसडोलबासी र काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार काठमाडौंमा वार्ता भएको थियो। सिसडोलबासीहरुले अव्यवस्थित फोहोर बिसर्जन हुँदा वातावरणमा प्रभाव पर्नगई स्वास्थ्यमा प्रतिकुल असर परेकोले यस अघिका सम्झौताहरु तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका छन्।

उनीहरुले सिसडोल ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका विद्यालयहरुलाई पूर्ण शिक्षक दरबन्दि उपलब्ध गराउने, सडक विस्तार गरी कालोपत्रे गर्ने, अस्पताल निर्माण गर्ने, एक घर एक रोजगारीको व्यवस्था गर्ने सम्बन्धमा यसअघि भएका सम्झौताहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापन गर्ने कार्य चैत १३ गते देखि पूर्णरुपमा बन्द हुँदै आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : ३२ बजे