दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

हेटौडा उपमहानगरपालिका प्रमुखमा समाजवादी, उपप्रमुखमा काँग्रेस विजयी

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गर्नुभएको छ । 

नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनका नेपाली काँग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गर्नु भई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गर्नुभएको छ । 

राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ८ : ११ बजे