दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

हालसम्म ६८२ स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगको तथ्यांकअनुसार ७५३ तहमध्ये हालसम्म ६८२ स्थानीय तहको नतिजा आइसकेको छ । जसमध्ये २३७ नगर र ४५५ गाउँपालिको नतिजा आइसकेको आयोगले जनाएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले ११९ नगर प्रमुख र १८४ गाउँपालिका अध्यक्ष गरी कुल ३०३ स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी नेकपा एमालेले ६५ नगर र १२० गाउँपालिका गरी १८५ पालिकामा विजय हासिल गरेको छ ।

माओवादी केन्द्रले २१ नगर र ९६ गाउँपालिका गरी कुल ११७ वटा पालिका जितेको छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले ९ पालिका जितेको छ भने जनता समाजवादी पार्टीले १८ पालिकाको नेतृत्व पाएको छ । स्वतन्त्र तथा अन्य दलले अहिलेसम्म ५० वटा पालिका जितेका छन् ।

मतगणना जारी रहेका स्थानीय तहमध्ये कांग्रेस २३, एमाले १९ र माओवादी ४ तहमा अगाडाी छन् । यसैगरी एकीकृत समाजवादी २, जसपा ४ पालिका र स्वतन्त्र र अन्य दल १५ पालिकामा अग्रतामा छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ७ : ३४ बजे