दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकाको  पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार  राजेशमान सिंहले २३ हजार ८५२ मतसहित आफ्नो अग्रतालाई निरन्तरता  दिनुभएको छ ।  नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगी १२ हजार २८९ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी उपप्रमुख पदमा पनि गठबन्धनका उम्मेदवार  इम्तियाज आलमले  कूल १६ हजार ८६१ मतसहित अग्रतालाई निरन्तरता दिनुभएको छ । उपप्रमुख पदका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता पुरुषोत्तमलाल झा तीन हजार ५७६ मतसहित उहाँसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको  हो ।  महानगरपालिकामा हालसम्म वडा नं १, २, ३, ४, ५, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सम्पन्न भएको छ । कूल ३२ वटा वडा रहेको यस महानगरपालिकामा  अन्य वडाहरुको मत परिमाण आउन बाँकी  छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : १२ बजे