दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

खसेको भन्दा १०७ मत बढी भेटिएपछि मोरङको रंगेली तनावग्रस्त

विराटनगर – मोरङको रंगेली नगरपालिकाको मतगणनास्थलमा विवाद भएको छ। खसेकोभन्दा बढी मत भेटिएपछि विवाद भएको हो। खसेको भन्दा बढी मत भेटिएपछि मोरङको रंगेलीमा प्रहरी र दलका कार्यकर्ताबीच झडप भएको छ । सो क्रममा प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

मतगणनास्थलको सुरक्षार्थ खटाइएका प्रहरी उपर दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको मोरङ प्रहरी प्रमुख शान्तिराम कोइरालाले जानकारी दिनु भयो ।

रंगेली नगरपालिका-७ को मतगणनाको क्रममा १०७ मत बढी फेला परेपछि शुक्रबार बिहानैदेखि दलका कार्यकर्ताले विरोध गरिरहेका थिए । नेकपा एमाले भने विरोधमा सहभागी थिएन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ४४ बजे