दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

नुवाकोटको बेलकोटगढी-८ मा एमालेको प्यानल नै विजयी

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा-८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसलाई पराजित गर्दै एमाले विजयी भएको हो ।

एमालेका सुरेशलाल चित्रकार ९६० मतसहित विजयी हुँदा कांग्रेसका गोकर्ण पुडासैनीले दोस्रो हुँदै ८९९ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका रामचन्द्र ढुंगानाले १६६ मत मात्र प्राप्त गर्नु भयो ।

सदस्यहरूमा एमालेकै गणेशकुमार दाहाल, यमहादुर लामिछाने, रमा तामाङ र लक्ष्मी सुनार विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : ५१ बजे