दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

काभ्रेमा १० वटा स्थानीय तहको मत गणना सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहहरु मध्ये १० वटाको मत गणना सम्पन्न भइसकेको छ । जिल्लाको धुलीखेल नगरपालीका, पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकाको मत गणना भने जारी नै रहेको छ ।

नमोबुद्ध नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाको मत गणना कार्य सम्पन्न भइसकेको छ ।

मत गणना सम्पन्न भइसकेका अधिकांश स्थानीय तहको प्रमुख÷उप–प्रमुख, अध्यक्ष÷उपाध्यक्ष पदमा गठबन्धनले जित हासिल गरेको छ । जिल्लाको बनेपा नगरपालिका र पनौती नगरपालिकाको उप–प्रमुखमा मात्रै नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् ।

१‍‍ नमोबुृद्ध नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा बिजयी भएका छन् । प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गरे। लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा बिजयी भए। लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।

२‍ बनेपा नगरपालीकाका प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य बिजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गरेका हुन् । उप–प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी हुन् । दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गरेकी हुन् । प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।

३‍ मण्डनदेउपुर नगरपालीकाको प्रमुखमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष टोकबहादुर वाइवा बिजयी भएका छन्। वाइवाले उनका प्रतिद्वन्दीएमालेका विदुर सापकोटलाई १ हजार ५५ मतले हराएका हुन् । नगर प्रमुख पदमा वाइबाले ९ हजार ४ सय ६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विदुर सापकोटाले ८३५१ मत ल्याएका छन् । उप–प्रमुखमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार विष्णुमणि नेपाल भारी मतान्तरका साथ विजयी भएका हुन् । नेपालले उनका प्रतिद्वन्दी नेकपा एमालेकी उम्मेदवार सरिता ढकाललाई ४ हजार ३ सय ८१ मतले पराजित गरेका हुन् । उप–प्रमुखका विजयी विष्णुमणि नेपालले ११३०५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६९२४ मत ल्याएकी छिन् ।

४‍ चौँरीदेउराली गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँ पालिका अध्यक्षमा निर्वाचित भएकी छिन् । रेणुकाले उनका प्रतिद्वन्दी एमालेका जित राम लामालाई ७ सय ६५ मतले हराएकी हुन् । रेणुका ६२२८ मत पाएर निर्वाचित भएकी छिन भने उनका प्रतिद्धन्दी एमालेका जित राम लामाले ५४६३ मत पाएका छन् । गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसको उम्मेदवार शेर बहादुर लामा निर्वाचित भएका छन् । लामा भारी मतले बिजयी भएका हुन् । लामाले उनका प्रतिद्वन्दी एमालेकी बविता खरेल गौतमलाई ३ हजार ६ सय ७० मतले हराएका हुन् । लामाले ७२१९ मत पाएका छन् भने उनको प्रतिद्धन्दी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत पाएकी छिन् ।

५‍ खानीखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ छिन्ताङ र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्वा बिजयी भएका छन् । अध्यक्षमा निर्वाचित थिङले ४ हजार ४ सय ८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले ३ हजार १ सय ५६ मत पाए । अध्यक्षमा थिङ्ले १३३० मतअन्तर ले जितेका हुन् । पालिकाको उपाध्यक्षमा जिम्वाले ४ हजार ३ सय २७ मत र एमालेकी रुकमणि गुरुङले २ हजार ९ सय ८७ मत प्राप्त गरे । जिम्बाले १३४१ मत अन्तरले जितेका हुन् ।

६‍ भुम्लु गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्ग विजयी भएका छन् । नेकपा ९माओवादी केन्द्र० का भुजेलले नेकपा एमालेका प्रेम कुमार लामा ९दोङ्ग० लाई १ हजार २ सय २४ मतले पराजित गरेका हुन् । भुजेलले ५,७९२ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी लामाले ४,५६८ मत प्राप्त गरेका थिए । गाउँपालिका उपाध्यक्षतर्फ नेपाली कांग्रेसका जितेन्द्र मान तामाङ्गले २ हजार ६९ मतले विजयी भएका छन् । तामाङ्गले ६,०९८ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कल्पना कुमारी श्रेष्ठले ४,०२९ मत प्राप्त गरेकी छिन् ।

७. रोशी गाउँपालिकाको अध्यक्षमा दिनेश लामा र उपाध्यक्षमा मीमबहादुर वाइवा विजयी हुनुभएको हो । लामाले सात हजार ५३४ तथा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का देवसागर लामाले ६ हजार ३५८ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मीमबहादुरले ६ हजार ६७२ तथा उनका निकटतम प्रतिस्पर्धी एमालेकी बबिता बोहोरा क्षेत्रीले पाँच हजार ९४२ मत प्राप्त गरेका थिए ।

८. पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा ९एमाले० की गीता बञ्जारा विजयी भएका छन् । भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका छवि लाल हुमागाईले १० हजार ३८८ मत प्राप्त गर्नुभएको छ । पनौती नगरपालिकाको प्रमुखको निकटतम प्रतिस्पर्धी न्यौपाने र उपप्रमुखमा निर्वाचित बञ्जारा २०७४ सालको निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो ।

९. बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारा राणा तिमल्सिना बिजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार अधिकारीले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई २८ सय ५९ मतले हराएका हुन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पराजित गरेकी हुन् । माओवादी केन्द्रकी उम्मेदवार तिमल्सिनाले ४४ सय ९८ मत पाएकी छिन् भने नेकपा एमालेकी उम्मेदवार केसीले ३५ सय ७३ मत पाएकी छिन् ।

१०. तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट चन्द्र लामा बिजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रबाट दलमान थोकर बिजयी भएका छन् । लामाले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवारलाई ११ सय ७८ मतले हराएका हुन् । नेपाली काँग्रेसका उम्मेदवार लामाले ७०७८ मत ल्याएर निर्वाचित भएका छन् भने प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार इन्द्र लामाले ५९०० मतले ल्याएको छ ।
उपाध्यक्षमा गठबन्धनबाट दलमान थोकरले उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार समतेन लामालाई १६ सय ८८ मतले हराएका हुन् । लामाले ६६६० मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्वन्दी नेकपा एमालेको समतेन लामाले ४९७२ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : ४६ बजे