मोरङको बेलबारी मेयरमा एमालेका राई उपमेयरमा काँग्रेसकी नितु विजयी

मोरङ । मोरङ बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी हुनुभएको छ । वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मत परिणाममा राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी हुनुभएको हो । राईका निकटतम प्रतिस्पर्धी काँग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याउनुभएको छ । 

उपमेयरमा काँग्रेसकी नितु थापा १३ हजार ७ सय ३१ मत ल्याएर विजयी हुनुभएको छ । भने प्रतिस्पर्धी एमालेकी तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याउनुभएको छ । 

गत चुनावमा बहुमतसहित बेलबारीमा एमालेले जितेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १ : ११ बजे